Health TV Online
Health TV Online
Health TV Online

‘क्षयरोग नियन्त्रणका लागि सरकार गम्भीर’

‘क्षयरोग नियन्त्रणका लागि सरकार गम्भीर’

काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार गम्भीर भएको बताएका छन्।

काठमाडौंमा आज आयोजित ‘राष्ट्रिय क्षयरोग कार्यक्रम’ सम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री यादवले चुनौतीको रूपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढ्ने बताएका हुन्। उनले क्षयरोग नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले नेपालमा पु¥याउँदै आएको सहयोगको पनि खुलेर प्रसंशा गरे।

नेपालले सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य लिएको छ। पछिल्लो समय क्षयरोगका कारण बर्सेनि मृत्यु हुनेको सङ्ख्या घटे पनि नयाँ रोगीको सङ्ख्या बढिरहेको छ।

२०७४\७५ मा ३२ हजार नयाँ क्षयरोगका बिरामी देखिएका थिए। तीमध्ये सात हजारको मृत्यु भएको थियो।
आइतबार प्रकाशित संयुक्त अनुगमन तथा सुझाव अध्ययनमा नयाँ क्षयरोगीको सङ्ख्या ४५ हजार पुगेकोअनुमान गरिएको छ भने मृत्युसङ्ख्या ६ हजार ६०० उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार