वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर र रोकथाम
वायु प्रदूषणको दीर्घकालीन असरस्वरूप स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेका छन्। सडकको धुलो र गाडीबाट निस्किने धुवाँलगायतले शहरी क्षेत्रका मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ।
प्रदूषित वायुका कारण दमका रोगीलाई सास फेर्न गाह्रो हुन्छ। वायु प्रदूषणका कारण शुरु–शुरुमा भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखा पर्छन्।
प्रदूषित वायुमा केमिकल र सल्फर अक्साइड ग्यास हुने भएकाले अधिकांशमा दमको समस्या देखिन्छ। यसको असरले लामो समयसम्म खोकी लागिरहने र निको नहुने हुन्छ।
छातीमा संक्रमण भई निमोनिया हुन्छ। पछि फोक्सोमा क्यान्सर हुने सम्भावना हुन्छ।
लामो समय प्रदूषित वातावरणमा बस्दा दीर्घकालीन असरस्वरूप छातीमा संक्रमण भई क्रोनिक अस्ट्रटिज लङ डिजिजजस्ता निको नहुने रोग लाग्न सक्छ। प्रदूषणले मुटुलाई समेत असर गर्छ।
यी रोगहरू लाग्न नदिन प्रदूषणबाट बच्नु बुद्धिमानी हो। धुलो–धुवाँबाट बच्न अनिवार्य रूपमा माक्स लगाएर हिँड्नुपर्छ। विभिन्न संक्रमणबाट बच्न धेरै भिडभाडमा जानुहुँदैन।
खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ। वरपरको वातावरण सधैँ सफा राख्नुपर्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’