जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ जना बिरामी
पाल्पा : निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन्।
नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको हो। उनीहरू दिदीबहिनी हुन्। उनीहरूले शनिबार जङ्गली च्याउ तरकारी खाएका थिए।
चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।
बिरामीको उपचार नवलपुरस्थित मध्यविन्दु अस्पतालमा भइरहेको छ। शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन्।
बान्न्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?