प्रसूति गृह नहुँदा समस्या
जुम्ला कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँकीमा सुत्केरी गराउने दक्ष जनशक्ति र प्रसूतिगृह छैनन्। भर्खर कच्ची सडक गाउँमा पुगेको छ । त्यही पनि वर्षामा बन्द हुन्छ।
यहाँका स्थानीयवासीलाई सुत्केरी हुने महिलाको ज्यान जोगाउन निकै गाह्रो हुने गरेको छ । यहाँको गर्भवती महिलाको सहजताका लागि प्रसूतिगृहको माग राख्दै आए पनि सुनुवाइ नभएको स्थानीय गुनासो छ।
यहाँका गर्भवती महिला घरमै सुत्केरी हुने गरेका छन्। गर्भावस्थामा जाँच पनि गराउँदैनन्। अधिकांश गर्भवती महिला घरमै सुडेनी अर्थात् महिला स्वयंसेविकाको भरमा सुत्केरी हुने गरेका छन्। घरमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई मात्र बोकेरै भए पनि तीन घण्टा टाढा दूरीमा रहेको हाँडसिञ्जा प्रसूतिगृहमा लैजाने गरेको स्थानीय विन बुढाले बताए।
कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष मनवीर बुढाका अनुसार यसै चालू आवको असार मसान्तभित्र प्रसूतिगृह स्थापना गरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ।
कनकासुन्दरी गाउँपालिकाका आठ वडामा चार स्वास्थ्यचौकी र तीन मात्र बर्थिङ सेन्टर रहेका छन्। यस गाउँपालिकामा १२ हजार ९७७ जनसङ्ख्या रहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?