हुम्लामा पनि देखियो औलो
हुम्ला : तराईका जिल्लामा मात्र देखापर्ने औलो रोग हिमाली जिल्ला हुम्लामा देखिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक सातामा हुम्लाका दक्षिण ताँजकोट, अदनचुली, सर्केगाढ लगायतका गाउँपालिकामा १५ जनामा औलो देखापरेको हो।
हिमाली जिल्लाहरूमा तापक्रम बढेपछि हिमाली जिल्ला मुगु, बाजुरा र हुम्लामा औलो रोगका बिरामी देखिएको चिकित्सक अरुणप्रसाद चौधरीले जानकारी दिए।
हुम्लाका केही गाउँमा औलोका बिरामी देखिएपछि महाशाखाले यस क्षेत्रका गर्भवतीलाई निःशुल्क झुल र औषधि वितरण गरिएको छ।
नेपालका हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनिए पनि हुम्ला, बाजुरा र मुगुमा यो रोग देखा परेको महाशाखाले बताएको छ।
औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्विन र प्रिमाक्विन’नामक औषधिअभाव हुन नदिन पहल गरिरहेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?