एमबीबीएसका विद्यार्थी शिशिर कीर्तिपुरको जंगलमा मृत फेला
काठमाडौं: राजधानीमा एक मेडिकल विद्यार्थी मृत फेला परेका छन्। काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्।
शिशिरको शव प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्क नजिकै फेला पारेको हो । उनी गत जेठ १७ गतेदेखि हराएका थिए। उनको केही दिन अघि सोही स्थानमा मोटरसाइकल भेटिएको थियो । त्यही आधारमा उनको खोजी भइरहेको थियो ।
स्थायी घर अघाँखाँची भएका शिशिर कोटेश्वर बस्दै आएका थिए । प्रहरीले उनका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?