स्थापना दिवसमा नेपाल स्वास्थ्यकर्मी संघले आयोजना गर्यो रक्तदान कार्यक्रम
भक्तपुर: स्थापनाको २८ औं दिवसको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ भक्तपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसकी उपमहासचिव राधिका खनाल कुँइकेलले स्वास्थ्यकर्मी संघको महाधिवेशन शीघ्र गर्नुपर्नेमा जोड दिएकी थिइन । यसैगरी स्वास्थ्यकर्मी संघका सहअध्यक्ष ओम प्रसाद उपाध्यायले स्वास्थ्यको समायोजनलाई ब्यवस्थित बनाउनपर्नेमा जोड दिएका थिए । स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनसशल भएकाले यसलाई विशेष ढंगले हेरिनुपर्ने उनको भनाई थियो ।
यसैगरी कार्यक्रममा स्वास्थ्यकर्मी संघ भक्तपुर जिल्लाका अध्यक्ष राजकुमार थापाले समायोजनले सबै स्वास्थ्यकर्मीलाई न्याय गर्न सक्नुपर्ने भन्दै मन्तब्य राखेका थिए । राजधानीमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?