विपन्न परिवारको निः शुल्क स्वास्थ्य बिमा
कास्की : जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरूको निःशुल्क स्वास्थ्य बिमा गरेको छ।
गाउँपालिकाले चालू आवमा वडा नं. १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरूको स्वास्थ्य बिमा गरेको हो।
रकम अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाका कोही नागरिक पनि वञ्चित हुन नपरोस् भनेर गरिब परिवार यकिन गरी यही जेठदेखि लागु हुने गरी बिमा शुरु गरेको हो। स्वास्थ्य बिमामा आबद्ध हुँदा लाग्ने योगदान रकम गाउँपालिकाले नै भुक्तानी गरेको प्रमुख कर्ण गुरुङले बताए।
अनुसार उनीहरूको बिमाका लागि गाउँपालिकाले तीन लाख ७७ हजार ९५० रुपैयाँ योगदान गरेको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख हरिलाल आचार्यले जानकारी दिए।
गाउँपालिकाका नौ वटै वडाबाट स्वास्थ्य बिमामा सहभागी हुन नसकेका विपन्न र अति गरीब परिवारको बीमा गर्ने योजनाअनुसार चालू आवकोे नीति तथा कार्यक्रममा उल्लेख गरेर बीमाका लागि पाँच लाख रुपैयाँ छुट्याइएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?