उत्कृष्ट स्वास्थ्यकर्मी र संस्थालाई सम्मान
पाल्पा : रामपुर नगरपालिकाले स्वास्थ्य सेवा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरेको छ।
गाडाँकोट स्वास्थ्य चौकीका निशा सारु, दर्छा स्वास्थ्य चौकीका कृष्णप्रसाद वाग्ले, रामपुर अस्पतालका धनबहादुर सारु, खालिवन स्वास्थ्य चौकीका अनिताकुमारी खड्का र गेझा स्वास्थ्य चौकीका श्रीकान्ती भण्डारीले सम्मान पाएका हुन्।
रामपुर नगरपालिकाभित्र रहेका नौ स्वास्थ्य संस्थामध्ये गाडाँकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको छ ।
पूर्ण खोप प्रमाणीकरण तथा सुनिश्चितता नगरपालिका घोषणा कार्यक्रमका अवसरमा बिहीबार प्रदेश ५ का सभा सदस्य युवराज खनालले ती स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सम्मानपत्र प्रदान गरेका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?