लम्कीमा बन्दै ५१ शय्याको अस्पताल
कैलाली : लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ। ५१ शय्या हुने अस्पतालको शिलान्यास सांसद झपट रावलले गरेका हुन्।
लम्कीचुहाका प्रमुख महादेव बजगाईँले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण हुन लागेको बताइएको छ। नगरपालिकाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ छुट्याएको थियो। नगरकार्यपालिकाको बैठकले थप १५ लाख रुपैयाँ थपेपछि अस्पताल निर्माणमा ९० लाख रुपैयाँ खर्च गरिने भएको छ।
३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद रावलले पूर्वाधार विकास कोषबाट रु एक करोड १० लाख र सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दबहादुर साउदले पूर्वाधार विकास कोषबाट एक करोड १३ लाख रुपैयाँ विनियोजन गरेका छन्।
दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको अस्पतालका लागि आवश्यक जग्गा चुहास्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयले साढे पाँच बिघा जमीन निःशुल्क उपलब्ध गराएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?