कटारी अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा
उदयपुर : कटारी अस्पतालले शल्यक्रियाबाट प्रसूति सेवा दिन शुरु गरेको छ। कटारी नगरपालिका र प्रदेशको व्यवस्थापनपछि अस्पतालले आकस्मिक यो सेवा शुरु गरेको हो।
शल्यक्रिया गरेर कटारी अस्पतालमा प्रसूति शल्यक्रिया सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर पवनकुमार साहले जानकारी दिए। डा. पवन, डा. गौरव साह र डा. देवेन्द्र गौतमसहितको टोलीले जटिल अवस्थामा रहेका गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति गराउन थालेको हो।
२० गते शुरु शल्यक्रियाबाट प्रसूति गराउन शुरु गरेको अस्पतालबाट अहिलेसम्म तीनजनाले लिएको साहले जानकारी दिए।
यो जिल्ला अस्पतालपछिको ठूलो अस्पताल हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?