‘राष्ट्रिय चिकित्सा ऐनले चिकित्सा शिक्षामा रहेको विकृति हटाउँछ’
विराटनगर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताएका छन्।
चिकित्सा शिक्षा आयोगद्वारा बिहीबार आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दैै पोखरेलले ऐनले निजी चिकित्सा शिक्षाको क्षेत्रमा भएका विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि पुँजी लगानीमा प्रोत्साहन गरेको धारणा राखे।
मन्त्री पोखरेलले ऐन आउनुभन्दा अगाडि मापदण्डविना विदेशमा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययन जाने गरेको र २० पल्टसम्म मेडिकल काउन्सिलले लिने परीक्षामा अनुत्तीर्ण हुने गरेको जानकारी दिए। प्रवेश परीक्षा लिने प्रणाली शुरु भएपछि विगतमा एक हजार ५०० को सङ्ख्या घटेर ४०० विद्यार्थी पुगेको उनको भनाइ छ।
पोखरेलले अहिले चिकित्सा क्षेत्रमा अनुसन्धान आवश्यक रहेको र ऐनले सेवा, पठनपाठन र अनुसन्धानलाई मुख्यरुपमा जोड दिएको चर्चा गर्दै चिकित्सा सेवा मानवजीवनसँग गाँसिएको हुनाले सेवा प्रवाह गर्दा संदवेदनशील हुनुपर्ने बताए।
उनले चिकित्सा क्षेत्रमा मागअनुसारको जनशक्ति उत्पादन हुनुपर्ने बताउँदै निजी क्षेत्रले उत्पादन गरेर मात्र नहुने धारणा राखे। त्यसको व्यवस्थापन पनि आवश्यक भएकाले ऐनले यसमा प्रभावकारी भूमिका खेल्ने मन्त्री पोखरेलको भनाइ छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य