Health TV Online
Health TV Online
Health TV Online

‘पुराना र भरपर्दा संघसंस्थाले नियमित रक्तदान गर्न छाडे’

‘पुराना र भरपर्दा संघसंस्थाले नियमित रक्तदान गर्न छाडे’

काठमाडौं : सरोकारवालाहरूले जनसंख्याको दुई प्रतिशत नागरिकले मात्रै नियमित रक्तदान गरे देशमा रगत अभाव नहुने बताएका छन्।

विश्व रक्तदाता दिवसको सन्दर्भ पारेर ब्लड डोनर्स एसोसिएसन नेपाल ब्लोदानले बुधबार गरेको कार्यक्रमका सहभागीहरूले स्वयंसेवीहरूले नियमित रूपमा रक्तदान गर्न छाडेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

कार्यक्रममा ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले सात वर्षअघि ९० प्रतिशत स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेकोमा अहिले घटेर ७७ प्रतिशतमा झरेको बताए। ‘रक्तदान कार्यक्रममा नयाँ संस्थाहरूको प्रवेश भए पनि पुराना र भरपर्दा संघसंस्थाहरूले नियमित रक्तदान गर्न छाडेका छन्’, उनले भने, ‘यसले मुलुकको राष्ट्रिय रक्तसञ्चार क्षेत्रमा नराम्रो असर परेको छ।’

उनले नेपाल सरकारको रक्तसञ्चार नीतिलाई समयानुकुल परिवर्तन गर्न र नेपाल रेडक्रस सोसाइटी तथा केन्द्रीय रक्तसञ्चार केन्द्रको क्षमता अभिवृद्धि गर्न माग गरे। कार्यक्रमका अन्य वक्ताहरूले मानव शरीरमा भएको रगत तीन तीन महिनामा स्वतः नष्ट भएर जाने भएकाले रक्तदान गरेर बिरामीहरूको ज्यान जोगाउन आग्रह गरे।

विश्व रक्तदाता दिवसको अवसरमा ब्लोदानले साताव्यापी कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । रक्तदाता जनचेतना र्याली, मोटरसाइकल र्याली, अन्तरक्रिया, विद्यालयस्तरीय वक्तृत्वकला, चित्रकला, रक्तदानलगायतका कार्यक्रम गर्ने ब्लोदानले जनाएको छ।

विश्व रक्तदाता दिवस जुन १४ का दिन प्रतियोगिताका विजयीलाई पुरस्कार तथा रक्तदातालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार