चिकित्सकले अब लाइसेन्स नवीकरण गर्नुपर्ने
काठमाडौं : चिकित्सा पेशामा रहेकाहरूले लाइसेन्स नवीकरण गर्नुपर्ने भएको छ । मेडिकल काउन्सिलबाट एकपटक लाइसेन्स लिएर सधैँ चिकित्सा अभ्यास गर्न पाउने व्यवस्था हटाउन लागिएको हो ।
यो कार्यक्रम लागू गर्न सैद्धान्तिक सहमति भइसकेको छ। नयाँ व्यवस्थाअनुसार लाइसेन्स नवीकरणका लागि निरन्तर पेशा उन्नयन (कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट र सीपीडी) कार्यक्रमबाट पाँच वर्षभित्रमा १०० अंक प्राप्त गर्नुपर्नेछ ।
सीपीडीअन्तर्गत लिखित वा प्रयोगात्मक परीक्षा भने हुनेछैन। डाक्टरहरूले आफ्नो विषयमा अद्यावधिक रहनुपर्छ, चिकित्सा क्षेत्रको उपलब्धि जान्नुपर्ने डा. शर्माले बताए। उनले यो कार्यक्रमले डाक्टरको ज्ञान र सीपलाई अझ परिस्कृत गर्नुका साथै र चिकित्सक र बिरामीबीच उत्पन्न हुने असमझदारी न्यूनीकरण हुने दाबी गरे।
अस्वाभाविक रूपमा लेखिने औषधि र परीक्षणलाई व्यवस्थित गर्नुका साथै चिकित्सा क्षेत्रमा हुन सक्ने संक्रमण न्यूनीकरण गर्न काउन्सिलले सीपीडी कार्यक्रम ल्याउन लागेको हो । दक्षिण एसियामा यो कार्यक्रम लागू गर्ने भुटानपछि नेपाल दोस्रो मुलुक हुने बताइएको छ।’
डाक्टरहरूले वेबसाइटमार्फत आफूले प्राप्त गरेको अंक थाहा पाउनेछन्। सीपीडी कार्यक्रमअन्तर्गत डाक्टरहरूले ३० अंक अनिवार्य भनेर तोकिएको विषयबाट र ७० अंक आफ्नो व्यावसायिक रुचिको क्षेत्रबाट हासिल गर्न सक्छन् ।
अनिवार्य विषयअन्तर्गत बेसिक लाइफ सपोर्ट सिस्टम, मेडिकल इथिक्स, कम्युनिकेसन स्किल, इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोल, र्यासनल युज अफ ड्रग पर्छन् । ‘मेडिकल इमर्जेन्सी एन्ड प्राक्टिस मेनेजमेन्ट एन डेन्टिस्ट्री’ विषय थप दन्त चिकित्सकका लागि तय गरिएको काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’