पशुपति र तिलगंगा आँखा अस्पतालबीचको सम्झौता परिमार्जन गर्न सुझाव
काठमाडौं : पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले पशुपति क्षेत्र विकास कोषले तिलगंगा आँखा अस्पतालसँग ४९ वर्षका लागि गरेको सम्झौता परिमार्जन गर्न सिफारिस गरेको छ।
समितिका संयोजक डा. मिलनकुमार थापाले बुधबार कोषका सदस्यसचिव डा. प्रदीप ढकाललाई बुझाएको ६२४ पृष्ठको प्रतिवेदनमा सम्झौता पुनरवलोकनको सिफारिस पनि गरिएको हो।
२०७२ भदौ ३ गते चक्रपथसँग जोडिएको पशुति क्षेत्र विकासकोषको पाँच रोपनी जग्गा प्रतिरोपनी वार्षिक ४० हजार रुपैयाँ तिर्ने गरी सम्झौता भएको थियो। कोषका तत्कालीन कोषाध्यक्ष तारानाथ सुवेदीले अस्पतालका प्राध्यापक डा. सन्दुक रुइतबीच सम्झौता भएको हो।
सम्झौता पत्रको दफा ९ मा सम्झौताको अवधि ४९ वर्षको हुने जनाइएको छ। संयोजक थापाले सो विषयमा कोष सञ्चालक परिषद्बाट निर्णय भएको नदेखिएकाले परिमार्जन गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा पेश गर्न सिफारिस गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?