धामीझाँक्री पनि स्वास्थ्य शिविरमा
डोटी : कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्ने जिल्लाका धामीझाँक्री अचेल स्वास्थ्य शिविरमा गएर उपचार गराउन थालेका छन् ।
आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका छन्। शिखर नगरपालिका–९ का टेकबहादुर रावलका अनुसार धामीलाई खबर गर्न जाँदा अहिले उनीहरू ‘पहिला अस्पताल लैजाऊ, डाक्टरलाई जाँच गराऊ, डाक्टरले नसके हामी हेरौँला’ भन्छन्।
नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल मातहत रहेको नं ५ फिए तथा नं २५ फिएले शिखर–९ तिल्तालीका जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा धामीझाँक्रीसमेत उपचार तथा जाँच गराउन आएका थिए।
धामीझाँक्रीप्रति निकै विश्वास तथा आस्था राख्ने यहाँका बासिन्दा धामीझाँक्री पनि डाक्टर कहाँ गएर औषधोपचार गराउन थालेपछि बिरामी पनि उपचार गराउन स्वास्थ्य संस्थामा आउने क्रम बढेको छ।
जिल्लाको शैलेश्वरी अस्पताल दिपायलका चिकित्सक आइजङ्ग कुँवरका अनुसार पहिला यहाँका मानिस बिरामी पर्दा खासै अस्पताल तथा डाक्टर कहाँ आउने चलन भए पनि अहिले बिरामी पर्दा धामी नै अस्पताल तथा डाक्टर खोज्न थालेपछि गाउँका बिरामी स्वास्थ्य संस्थामा आउने लर्को लागेको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य