धरानमा डेंगु संक्रमितको संख्या १७५ नाघ्यो
धरान : डेंगु संक्रमितको संख्या १७५ नाघेको छ । डेंगुको शंका लागेर उपचार गर्न आएका ४४२ जनामध्ये १७६ मा डेंगु पोजेटिभ देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। यो संख्या गत वैशाख ३१ देखि जेठ २१ सम्मको हो।
चिकित्सकहरूले प्री मनसुनमै धरानमा डेंगुको प्रकोप फैलिएर नियन्त्रणबाहिर पुगेकाले मनसुन शुरु भएपछि महामारी हुन सक्ने चेतावनी दिएका छन्।
पूर्णरूपमा शुरु हुने मनसुनी वर्षापछि एक साता पानी पर्न रोकिए महामारीको रूप लिनसक्ने डेंगु नियन्त्रणका लागि गठित र्यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनालले बताए। मनसुनपछि मात्र देखिनुपर्ने डेंगु धरानमा भने प्री मनसुनमै देखिएको उनको भनाइ छ।
आइतबार धरान आइपुगेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा.समीरकुमार अधिकारीले डेंगुको अवस्थाबारे बुझेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?