क्यान्सर प्रभावितलाई सहयोग
दमौली : दमौली क्यान्सर पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्काका पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ ।
भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उनलाई आर्थिक स्रोत जुटाउन रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा सङ्कलित एक लाख १८ हजार २०० रुपैयाँ प्रदान गरिएको हो। वडाध्यक्ष ध्रुव लामिछानेले मंंगलबार श्रीमती अप्सरा रेग्मीलाई प्रदान गरे।
क्यान्सर पीडित रेग्मीको उपचारार्थ सहयोग सङ्कलन अभियानलाई स्थानीयस्तरमा समेत जारी राखेको वडाध्यक्ष लामिछानेले बताए। रेग्मीकी श्रीमती अप्सराले घरको अवस्था नाजुक रहेको र उपचारका क्रममा धेरै रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परेको बताइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण