अस्पतालको सेवा अब सफ्टवेयरमार्फत
जाजरकोट : यहाँको जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआईएस) जडान गरिएको छ।
भेरी नगरपालिकाको छ लाखरुपैयाँको सहयोगमा सफ्टवेयर जडान गरिएको हो। नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गरेका हुन्।
नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा यस्तो व्यवस्था गरिएको उनले बताए। अस्पतालको व्यवस्थापनमा भेरी नगरपालिकाले सक्रियता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?