काठमाडौंमा प्रोस्थोडोन्टिक्स सम्मेलन हुँदै
काठमाडौं : दन्तचिकित्सा क्षेत्रमा आएका नयाँ खोज र प्रविधिबारे छलफल गर्न राजधानीमा प्रोस्थोडोन्टिक्स सम्बन्धी सम्मेलन हुने भएको छ ।
प्रोस्थोडोन्टिक सोसाईटी अफ नेपालको आयोजनामा यही जेठ २४ गते शुक्रबार हुने सम्मेलनमा एक सय भन्दा बढी विशेषज्ञ चिकित्सकहरु सहभागी हुनेछन्।
उक्त सम्मेलनमा नक्कली दाँत बनाउने, राख्ने र यससँग सम्बधित सम्पूर्ण सेवालाई चुस्त दुरुस्त बनाउने विषयमा छलफल हुने सम्मेलनका प्रेस संयोजक डा प्रकाश बुढाथोकीले जानकारी दिए । सम्मेलनमा नक्कली दाँत प्रत्यारोपण विषयका विभिन्न विधामा कार्यपत्र प्रस्तुत हुनेछन्।
यसैगरी सम्मेलनमा नेपाली मूलका बेलायती दन्त चिकित्सक डाक्टर अनिल श्रेष्ठको विशेष प्रस्तुती रहने बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?