Health TV Online
Health TV Online
Health TV Online

गर्मीयाममा आइसक्रिम : कतिको फाइदाजनक?

गर्मीयाममा आइसक्रिम : कतिको फाइदाजनक?

विशेषगरी शहरी क्षेत्रमा गर्मीे भगाउन आइसक्रिमको सहारा लिइन्छ। प्रायः बालबालिका र युवतीले आइसक्रिम मन पराउँछन्। तर गर्मीमा अन्य उमेरकाले पनि खाने गर्छन्।

सन्तुलित ढंगले बनाइएको आइसक्रिमले शरीरलाई फाइदा नै गर्छ। तर गुणस्तरहीन आइसक्रिम खाएमा शरीरमा गम्भीर असर पुर्याउँछ।

सामान्यतया दूध, क्रिम, ग्लुकोज, चकलेट आदि मिश्रण गरी फ्रिज गरेर आइसक्रिम बनाइएको हुन्छ। आइसक्रिममा क्याल्सियम, भिटामिन र प्रोटिनको मात्रा धेरै पाइन्छ।

यसले शरीरमा ऊर्जा प्रदान गर्छ। एउटा आइसक्रिममा करिब १३७ क्यालोरी हुन्छ। तौल बढाउन चाहने र कमजोर महसुस गरिरहेकाहरूले आइसक्रिम खानु उपयुक्त हुन्छ।

आइसक्रिम क्याल्सियम, पोटासियम र फस्फोरसको राम्रो मानिएको छ। यसले रक्रचापको स्तरलाई सहयोग गर्नुका साथै दाँत, हड्डी र मांसपेशी बलियो बनाउँछ।

तर बजारमा पाइने सबै आइसक्रिम गुणस्तरयुक्त हुँदैनन्। गुणस्तरहीन आइसक्रिम खाएमा स्वास्थ्यमा हानि पुग्छ। आइसक्रिममा क्यालोरीको मात्रा धेरै हुने हुनाले बढी खाएमोटोपन ल्याउने सम्भावना धेरै हुन्छ।

रगतमा उच्च मात्रामा कोलस्ट्रोल भएका व्यक्तिले आइसक्रिम सेवन गरेमा नकारात्मक असर गर्छ। यसका कारण रक्तधमनीमा रोकावट आउने र हृदयाघात वा पक्षघात हुनसक्ने सम्भावना हुन्छ।

आइसक्रिममा प्रयोग गरिने सुगरको मात्राले मधुमेहका बिरामीलाई असर पुर्याउँछ।

कतिपय अवस्थामा आइसक्रिममा लिस्टेरिया नामक ब्याक्टेरियासमेत पाइन्छ। यसले स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्छ।

थप समाचार