Health TV Online
Health TV Online
Health TV Online

कटारी अस्पतालमा शल्यक्रियासहितको प्रसूतिसेवा सञ्चालन

कटारी अस्पतालमा शल्यक्रियासहितको प्रसूतिसेवा सञ्चालन

उदयपुर : कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहितको प्रसूतिसेवा सञ्चालनमा आएको छ। अस्पतालले आफ्नै व्यवस्थापनमा सेवा सञ्चालनमा ल्याएको हो।

सोमबार साँझ कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फूलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा. पवनकुमार साहले जानकारी दिए। सुत्केरी व्यथा लागेर दुई दिनदेखि भर्ना भएकी फूलकुमारीको शल्यक्रिया डा. साह, नर्स छवित्रा राई र कमल उप्रेतीको टोलीले गरेको हो।

कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले लामो समयको प्रयासपछि शल्यक्रियासहित प्रसूतिसेवा उपलब्ध गराउन सफल भएको प्रतिक्रिया दिए। अब कटारी क्षेत्र, ओखलढुङ्गाको पूर्वी दक्षिणी क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका सुत्केरीलाई सहज भएको उनले बताए।

यसअघि २५ शय्याको कटारी अस्पतालमा प्रसूतिसेवा नहुँदा यहाँका सुत्केरी जिल्ला अस्पताल गाईघाट, सिरहाको लहान र बिराटनगर जाने गरेका थिए।

दुई वर्ष अघि कटारी अस्पतालले शल्यक्रियासहितको प्रसूतिसेवा सञ्चालन गर्न ल्याब, प्रसूति कक्षसहित विभिन्न उपकरणको व्यवस्था गरेको थियो। चिकित्सक र तालिमप्राप्त नर्सको अभावमा सेवा उपलब्ध गराउन सकिएको थिएन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार