डेंगु नियन्त्रणबाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशकसहितको टोली धरानमा
धरान : डेंगु नियन्त्रणबाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशकसहितको टोली धरान पुगेको छ। अहिलेसम्म धरानमा ८० जनामा डेंगु संक्रमण भएको पुष्टि भइसकेको छ।
डेंगु नियन्त्रण हुन नसकेपछि स्थानीय सरकारले प्रदेश सरकार र संघीय सरकारसँग सहयोग मागेको थियो। महानिर्देशक डा. गुणराज लोहनी नेतृत्वको टोलीले डेंगु प्रभावित क्षेत्रको वस्तुस्थिति बुझेर नियन्त्रणको प्रयास थाल्ने बताए।
तीन साताको अवधिमा पनि डेंगु नियन्त्रण हुन नसकेपछि उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्रचार गरी सहयोग माग गरेको धरान उपमहानगरपालिका स्वास्थ्य सेवा विभाग प्रमुख रामबाबु यादवले बताए।
डेंगुको प्रकोप फैलिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाको संयुक्त टोली र्यापिड रेस्पोन्स टिमको बैठक बसेर डेंगु नियन्त्रणलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको थियो। उपमहानगरपालिकाले केही दिनअघि लामखुट्टे मार्न औषधि समेत छरेको थियो। धरानको वडा नं. ५, १५, ८ र १३ मा डेंगु सार्ने लामखुट्टेको अण्डा र लार्भा भेटिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?