मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रिया
काठमाडौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया ‘एनजिओप्लाष्ट’ गरिएको छ।
मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीसहित विशेषज्ञ टोलीले उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। उनको उपचारमा २० मिनेट समय लागेको थियो। पौडेललाई अहिले आईसीयूमा राखिएको छ।
चिकित्सकहरूले मुख्यमन्त्री पौडेललाई एक साता आराम गर्न सुझाव दिएका छन्। मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र पुगेका मुख्यमन्त्री पौडेल एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएका थिए।
पौडेल उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित छन्। यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा उनको आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?