मुख्यमन्त्री पौडेल अस्पताल भर्ना
हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक साताका लागि अस्पताल भर्ना भएका छन्।। नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो।
मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबार भर्ना भएका हुन्। प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ ७३ वर्षीय पौडेललाई उच्च रक्तचाप तथा मधुमेहको समस्या रहेको बताइएको छ।
गङ्गालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्री पौडेलले एक हप्ता आराम गर्नुपर्ने छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण