धरानमा डेंगु फैलियाे
काठमाडौं : केही साता यता धरानमा डेंगु फैलिएको छ । पछिल्लो तीन साता यता धरानका विभिन्न अस्पतालमा परिक्षण गरिएका बिरामी मध्ये ७५ जना बिरामीमा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बैशाखको अन्तिम साता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना बिरामीमा डेंगु भएको पत्ता लागेको थियो । त्यस यता लक्षणका आधारमा परिक्षण गरिएका बिरामीहरु ११३ जनामध्ये ६२ जनामा डेंगु भएको पाइएको हो।
धरानका अन्य अस्पतालमा पनि परिक्षण गर्न आएका बिरामीमा धमाधम डेंगु पोजेटिभ देखिन थालेपछि काठमाडौंबाट डेंगु किटहरु पठाइएको महाशाखाका यही कार्यक्रम हेर्ने अधिकृत उत्तम कोइरालाले जानकारी दिए । उनले भने, ‘धरानमा डेंगु फैलियो भनेर हामीले किटहरु पठाएका हौं तर उहाँहरुले स्वास्थ्यकर्मी र अन्य सहयोग भने माग्नुभएको अवस्था छैन त्यसैले हामी यहाँबाट गएका छैनौं । तर तयारी अवस्थामा भने छौं । ‘
डेंगु नियन्त्रणमा ल्याउने प्रयास प्रदेस र स्थानीय तहबाटै भइरहेको र हालसम्म कसैको पनि मृत्यु नभएको महाशाखाले जनाएको छ । लामखुट्टेका कारण डेंगु लाग्ने हुँदा यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?