१२५ जना विशेषज्ञ चिकित्सक पुल दरबन्दीमा, सामान्य प्रशासन मन्त्रालयमा गयो नामावली
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२५ जना विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राख्ने काम आइतबार अघि बढाएको छ ।
मन्त्रालयले यस अघि गोदान अर्थात सरकारी चिकित्सक संघसँग भएको सहमति अनुरुप नै विशेषज्ञ चिकित्सकलाई आवश्यकता अनुसार पुल दरबन्दीमा राख्ने काम गरेको मन्त्रालय स्रोतले बताएको छ । यसरी दरबन्दीमा राखिनेमा आठौं तहदेखि ११औं तहसम्मका विशेषज्ञ चिकित्सक रहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विशेषज्ञ चिकित्सकको नाम लिस्ट तयार पारी आजै संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा पठाएको हो । स्वास्थ्य मन्त्रालयले पठाएको चिठी अब सामान्य मन्त्रालयले मन्त्रीपरिषदमा लगेर निर्णय भएपछि मात्र कार्यान्वर्यनमा आउनेछ ।
सरकारले विशेषज्ञ चिकित्सकहरुलाई सेवा नै नभएका प्रदेश तथा स्थानीय तहमा समायोजन गरेको भन्दै आफूहरुलाई संघ अन्तर्गत नै राखेर समायोजन गर्नुपर्नेमा सरकारी चिकित्सक संघले विरोध गरेको थियो । त्यसकै फलस्वरुप विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राखी ब्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले संघसँग सहमति गरेको भए पनि नाम भने पठाउन सकेको थिएन ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?