मिर्गौलारोग विशेषज्ञ बरालको गीत ‘एउटा खाता’ सार्वजनिक
काठमाडौं : वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालद्वारा रचित गीत यूट्युबमा सार्वजनिक भएको छ।
आनन्द राईले संगीत दिएको ‘एउटा खाता’ बोलको गीतमा संगीता राना प्रधानको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा दिया मास्केले अभिनय गरेकी छिन्।
यसअघि पनि राष्ट्रिय पत्रपत्रिकामा डा. बरालका थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन्। साहित्य रचनाका क्रमलाई निरन्तरता दिने उनले बताएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?