नेपाल क्यान्सर अस्पतालद्वारा जनचेतनामूलक कार्यक्रम
काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफ्नो दोस्रो वार्षिकोत्सव एवं विश्व धूमपानरहित दिवसको अवसर पारेर विभिन्न चेतनामूलक कार्यक्रम गरेको छ।
अस्पतालले शनिबार बिहान काठमाडौंको वसन्तपुरदेखि स्वयम्भूसम्म सचेतनामूलक र्याली निकालेको थियो। ‘नेपालीको क्यान्सर नेपालमै’, ‘सुर्तीजन्य पदार्थ त्यागौँ’, ‘फोक्सो जोगाऔँ’ जस्ता प्ले कार्ड बोकेर र्यालीका सहभागीले स्वयम्भूको परिक्रमा गरेका थिए।
यसैगरी धूमपानरहित दिवसका दिन शुक्रबार अस्पतालले सम्पूर्ण बिरामीका लागि निःशुल्क ओपीडी सेवा तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।
विभिन्न अवसर पारेर अस्पतालले बिरामीलाई सहुलियतमा सेवा दिँदै आएको छ। यसकै निरन्तरता स्वरूप अस्पतालले यसपटक पनि बिरामीलाई ल्याब जाँच र उपचारमा छुट प्रदान गरेको जनाएको छ। बिरामीले यसबाट राहत महसुस गरेको प्रतिक्रिया दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?