आँखा शिविरमा ६६३ ले पाए दृष्टि
जाजरकोट : छेडगाड गाउँपालिकाले आयोजना गरेको आँखा शिविरमा ६६३ जनाले एकै पटक संसार देख्न पाएका छन्। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र छेडागाड नगरपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा आएर सेवा लिएपछि धेरैले पुनः आँखा देख्न पाएका हुन्
छेडागाड नगरपालिका – ३ का ६१ वर्षीय रत्न सिंहले आँखा देख्न छाडेको १० वर्षपछि पुनः संसार देख्न पाएको भन्दे खुशी व्यक्त गरे । स्वास्थ्यकर्मी नभएर उपचार गर्न नपाएका र अर्थ अभावमा कारण रोग पालेर बस्न बाध्य दुर्गमका सर्वसाधारण गाउँमै उपचार पाउँदा खुसी भएका छन्। सामाजिक विकास मन्त्रालयको सहकार्यमा जाजरकोटका स्थानीय तहले स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन्।
रकम अभाव भएका, अशक्त, अपाङ्गता भएका व्यक्तिले शिविरबाट सेवा लिएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका भीमराज सिंहले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण