बेलायतमा कार्यरत नेपाली नर्सले बनाइदिए जुम्लामा बर्थिङ सेन्टर
जुम्ला : बेलायतमा कार्यरत नेपाली नर्सको सहयोगमा सिंजा गाउँपालिका भादगाउँमा विकट गाउँमा बर्थिङ सेन्टर स्थापना भएको छ।
नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए यूके)ले दुई कोठे भवनसहितको मितेरी मातृशिशु केन्द्र गत बुधबार उद्घाटन गरिएको हो। तर केन्द्रले केही साताअघिदेखि सेवा सुरु गरिसकेको छ।
गर्भवतीको लागि आवश्यक सम्पूर्ण चेकजाँचदेखि उनीहरूलाई सुरक्षित रूपमा सुत्केरी गराउनेसम्मको सेवा केन्द्रमा उपलब्ध हुने एनएनए यूकेका अध्यक्ष विनोदविकास सिंखडाले बताए। जटिलता देखिए वा अप्रेसन गर्नुपर्ने अवस्था आए केन्द्रले नै अन्य अस्पताल पठाउनेछ।
एनएनए यूके बेलायतमा कार्यरत नेपाली नर्सको प्रतिनिधि संस्थाका रूपमा सन् २००८ मा स्थापित भएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?