Health TV Online
Health TV Online
Health TV Online

हुम्लाको हिल्सामा चार महिने स्वास्थ्य शिविर

हुम्लाको हिल्सामा चार महिने स्वास्थ्य शिविर

हुम्ला : चीनसँगको नाका हिल्सामा चारमहिने स्वास्थ्य शिविर सञ्चालनमा आएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

औषधिसहित विशेषज्ञ चिकित्सकको टोली सिमकोट हुँदै हिल्सामा पुगेपछि शिविर सञ्चालनमा आएको हो। बर्सेनि रूपमा हिल्सामा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने क्रममा भारतीय पर्यटकहरु हाई अल्टिच्युटका कारण बिरामी पर्न थाले पछि कर्णाली प्रदेश सरकारले हिल्सामा अस्थायी रूपमा शिविर सञ्चालन गरेको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताए।

मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकहरुलाई स्वास्थ्यमा समस्या आउने खबर आएपछि सम्पूर्ण व्यवस्थासहित विशेषज्ञ चिकित्सकको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटाएको टोली हिल्सामा पुगेर उपचार सुरु गरेको उनले जानकारी दिए।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका प्रमुख बिर्खबहादुर शाहीले टोलीलाई आवश्यक औषधी र ल्याबको व्यवस्था सहित खटाएको बताए। यो सिजनभर चार महिना हिल्सामा बसेर पर्यटक र अन्य बिरामीको उपचारमा संलग्न हुने उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार