त्रिवि शिक्षण अस्पतालले शुरु गर्यो कलेजो प्रत्यारोपण
काठमाडौं : महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण शुरु गरिएको छ।
शुक्रबार अस्पतालमा १६ घण्टा लामो शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरिएको हो। कलेजो प्रत्यारोपण सर्जन डा रमेससिंह भण्डारीको नेतृत्वमा चिकित्सकहरुको टिमले सफल शल्यक्रिया गरेको हो।
शुक्रबार बिहान शुरु भएको शल्यक्रिया राति १२ बजे मात्र सकिएको डा भण्डारीले बताए । उनले धेरै समयको प्रयासपछि अस्पतालमा कलेजो प्रत्यारोपण गर्न सफल भएको भन्दै सबै टीमलाई यसको श्रेय जाने बताए ।
५८ वर्षीय बिरामी बाबुलाई उनकी ३३ वर्षीया छोरीले कलेजो दिएकी डा भण्डारीले जानकारी दिए । उनले भने, ‘उहाँहरुको गोप्यताका लागि नाम चाहिं उल्लेख नगरौं ।’ लामो समयदेखि कलेजो प्रत्यारोपणको तयारी गर्दै आएको अस्पतालमा कार्यरत डा रमेश भण्डारीले कलेजो प्रत्यारोपणका लागि अष्ट्रेलियाबाट एक वर्षे विशेष तालिम लिएर आएका थिए ।
यसभन्दा अघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मात्रै कलेजो प्रत्यारोपण हुँदै आएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?