सुर्तीजन्य पदार्थसँग सम्बन्धविच्छेद गरौँ : स्वास्थ्यमन्त्री यादव
काठमाडौं : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अनेकौँ रोग निम्त्याउने सुर्तीजन्य पदार्थसँग सबैले सम्बन्धविच्छेद गर्नुपर्ने बताएका छन्।
विश्व धूमपानरहित दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटुरोग दम जस्ता डरलाग्दा रोग निम्त्याउने भएकाले योसँग सम्बन्धविच्छेद गरेकै राम्रो हुने बताए।
उनले बुद्धिजिवी वर्गमा पर्ने डाक्टर एवं शिक्षकहरूले समेत यसको सेवन गरेको आफूले देखेको भन्दै यस्ता काम आफैँबाट शुरु गर्नुपर्ने बताए। ‘आफूले खाएर बिरामीलाई नखानुस् कसरी भन्न मिल्छ’, उनले प्रश्न गरे। मन्त्री यादवले यसको कानुन बनिसकेको छ यसलाई सशक्त ढंगले अघि बढाउन मन्त्रालय लागिरहेको बताए।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्षको हातेमालो आवश्यक रहेको बताए।
यसैगरी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको सेवनले नेपालमा बर्सेनि २५ हजार भन्दा बढी मानिसको मृत्यु भइरहेको भन्दै यसलाई कम नगरे भयावह स्थिति आउनसक्ने धारणा राखे। ‘रोग लागिसेकपछि उपचार गर्ने अस्पताल खोल्ने भन्दा पनि यसको सेवन नै गर्न नदिन के गर्न सकिन्छ, त्यसतर्फ लाग्नुपर्छ’, उनले भने।
यसैगरी स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुस्कर राज नेपालले सबैले कानुन पालना गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विभिन्न संस्था एवं व्यक्तिलाई पुरस्कारसेमत प्रदान गरिएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’