डोटीमा आँखा पाक्ने रोग फैलियो
डोटी : गर्मी बढेसँगै जिल्लामा आँखा पाक्ने रोग फैलिएको छ। शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा. निशान्त ढकालले बताए।
जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या अस्पतालमा दिनहुँ एक दजर्न बढी पुग्ने गरेको छ। यहाँका निजी मेडिकल तथा क्लिनिकमा पनि आँखा पाक्ने बिरामीको दैनिक घुइँचो हुने गरेको छ।
दिपायल राजपुरस्थित पाण्डेय मेडिकलका हरिश पाण्डेयका अनुसार आँखा पाक्ने रोगबाट सबैभन्दा बढी स्कुले केटाकेटी तथा वृद्धवृद्धा मारमा परेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुगमन तथा मूल्याङ्कन अधिकृत टेकराज ओझाका अनुसार फोहर, धुलो धुवासँगै ‘ब्याक्टेरिया’ तथा व्यक्तिगत स्वास्थ्य कमजोर भएका कारण आँखाको रोग एकअर्कामा सर्ने बढी सम्भावना हुन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?