धरानमा बढे डेङ्गुका बिरामी
धरान : बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउने डेङ्गुका बिरामी बढेका छन्। तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ।
पछिल्लो समयमा धरान–८ र १५ सङ्क्रमित फेला परेको धरान उपमहानगरपालिकाले जनाएको छ। धरान–१५ बाझगरा क्षेत्रमा सबैभन्दा बढी ४१ मा र धरान ८, ९ र १३,वडामा बढी बिरामी देखिएका छन्।
डेङ्गु फैलिएपछि नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘र्यापिड रेस्पोन्स टिम’ बनाइएको छ। प्रतिष्ठानका स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एसोसिएट प्रोफेसर डा. विजयकुमार खनालको संयोजकत्वको टिमले धरानमा फैलिएको डेङ्गुबारे अध्ययन गरिरहेको छ।
स्थलगतरूपमै डेङ्गुको सङ्क्रमित खोज्ने, भाइरस सर्नुको कारणसँगै नियन्त्रणको उपाय, जनचेतना फैलाउने तथा थप अनुसन्धानको काम गरिरहेको बताइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’