प्रदेश ५ मा १८५ औलो रोगी
नेपालगञ्ज : प्रदेश ५ मा १८५ औलो रोगी भेटिएका छन्। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो रोगसम्बन्धी अन्तरक्रियामा यो तथ्यांक सार्वजनिक गरिएको हो।
तथ्यांकअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रूपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी पाइएका हुन्।
सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ। निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईँद्वारा प्रस्तुत तथ्याङ्कमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ।
‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?