Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल चिकित्सक संघद्वारा भर्त्सना

चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल चिकित्सक संघद्वारा भर्त्सना

काठमाडौं : हेटौँडा अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. बन्दना अधिकारीमाथि गत मंगलबार राति अस्पताल परिसरमै दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले भर्त्सना  गरेको छ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कार्यरत चिकित्सकमाथि बिना कुनै कारण यस्तो प्रकारको निन्दनीय कार्यले स्वास्थ्य संस्थाको वातावरणलाई नै खलल पुग्छ’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई आपराधिक क्रियाकलापका कारण असहजता प्रदान गरिन कुनै पनि घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्र नभई अन्य सर्वसाधारणलाई समेत असर पुग्छ।’

यो घटनामा संलग्नलाई तत्काल कानुनी दायराभित्र ल्याई कारवाही गर्न संघले स्थानीय सरकारसँग आग्रह गरेको छ। आपराधिक कार्यमा संलग्नहरूलाई कडा कारवाही नभए असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने पनि संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार