विद्यालयमा स्यानिटरी प्याड नि:शुल्क हुन थालेपछि छात्रा नियमित
नुवाकोट : अमरगढी नगरपालिका–३ स्थित घटाल माध्यमिक विद्यालयमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएपछि छात्राहरू नियमित हुन थालेका छन्।
विद्यालयमा सेनेटरी प्याड राखिएपछि महिनावारी हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको कक्षा १० मा अध्ययनरत प्रमिला राईले बताइन्। कक्षा १० कै महेश्वरी जोशी पनि नियमित विद्यालय आउन थालेकी छिन्। पहिले पहिहले महिनावारी हुँदा पाँच दिन विद्यालय नगएर घरमै बस्ने गरेको उनले सुनाइन्।
विद्यालयले निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेपछि विद्यालयमा महिनावारी हुँदा छात्राले महिला शिक्षिकासँग सम्पर्क गरेर प्याड लिने गरेका छन्। सुरु–सुरुमा विद्यार्थीहरुले सेनेटरी प्याड माग्न लजाउने गरेका थिए। तर, महिनावारी भनेको सामान्य भएको बताएपछि छात्राहरुले निर्धक्कका साथ प्याड माग्ने गरेको शिक्षिका गीता नाथले बताइन्।
सुरुमा विद्यार्थीबाट ५\१० रुपैयाँ लिने गरेको भए पनि अहिले निःशुल्क प्याड दिने गरेको विद्यालयका प्रधानाध्यापक गणेशबहादुर साउदले जानकारी दिए। खर्च जुटाउनुपर्दा समस्या भएको साउदले बताए।
महिनावारी भएको समयमा पनि छात्राहरुलाई नियमित गराउन यहाँका स्थानीय सरकार पनि लागेका छन्। यसका लागि अधिकांश स्थानीय तहले विद्यालयमै निःशुल्क रूपमा सेनेटरी प्याड वितरणको योजना बनाएका छन्। भागेश्वर गाउँपालिकाले केही साताअघि जिल्लामै पहिलो पटक ‘स्मार्ट कार्ड’ प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?