बम बिस्फाेटमा घाइतेको उपचार ट्रमा सेन्टर र ओम अस्पतालमा हुँदै
काठमाडौं : राजधानीका विभिन्न स्थानमा आइतबार दिउँसो विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ। विभिन्न ठाउँमा भएका विस्फोटमा परेर घाइते भएकालाई चावहिलस्थित ओम अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइतेमध्ये ५ जनालाई ओम अस्पतालमा लगिएको छ भने एक जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। ओम अस्पतालमा उपचाररतमध्ये ३ जनालाई आइसियुमा राखेर उपचार गरिएको अस्पतलले जनाएको छ । अन्यको अवस्था भने सामान्य रहेको बताइएको छ ।
यस्तै, शुरुमा शिक्षण अस्पताल लगिएका एक घाइतेको उपचार ट्रमा सेन्टरमा भइरहेको छ र आवश्यक जाँच अगाडि बढाइएको अस्पतालले जनाएको छ ।
आइतबार राजधानीका विभिन्न स्थानमा बमविस्फोट भएको थियो । सोमबार विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको थियो । सो बन्दलाई प्रभाव पार्न बिहानै काठमाडौंका विभिन्न स्थानमा बम विस्फोट गराउने योजनाअनुरुप बम तयार गर्दागर्दै विस्फोट हुँदा यो घटना भएको हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?