निःशुल्क शिविरमा लिए ३३३ जनाले सेवा
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका ६ फुल्टेक्रामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३३३ जनाले सेवा लिएका छन्।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र र मानव अधिकार अनुगमन नेपाल, बाँकेको संयुक्त आयोजना तथा वडा नं. ६ कार्यालयको सहकार्यमा शनिवार शिविर आयोजना गरिएको हो।
शिविरमा २०० महिला र १३३ जना पुरुषको स्वास्थ्य परीक्षण गरिनुका साथै उनीहरूलाई औषधि पनि वितरण गरिएको थियो।
शिविरमा नेपालगञ्ज मेडिकल कलेजका बाल रोग विशेषज्ञ डा। अनुप सिंह महरोत्रा, भेरी अञ्चल अस्पतालकी मेडिकल अफिसर डा.अस्मिता गौतम र नेपालगञ्ज मेडिकल कलेजका अफिसर दीपक जायसवालले सेवा दिएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?