Health TV Online
Health TV Online
Health TV Online

अवैध औषधि पसल खुल्ने क्रम बढ्दो

अवैध औषधि पसल खुल्ने क्रम बढ्दो

सिरहा : राम्रो आम्दानी हुने भएपछि सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरूपमा औषधि पसल खुल्ने क्रम बढेको छ। औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा नयाँ औषधि पसल खुलेका हुन्।

जिल्लाको दक्षिणी तथा पश्चिमी क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि यहाँका ग्रामीण क्षेत्रका बासिन्दा ठगिने गरेका छन्। जिल्लाका धेरैजसो क्षेत्रमा अनधिकृत रूपमा क्लिनिक तथा औषधि पसल खुल्लमखुल्ला सञ्चालन भइरहे पनि यसलाई रोक्न औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन, जिल्ला बजार अनुगमन समिति र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले समेत बेवास्ता गरेपछि अवैध औषधि पसल खुल्ने क्रम रोकिएको छैन ।

जिल्लामा कतिवटा अवैध औषधि पसल छन् यसको तथ्याङ्क कसैसँग छैन । बजार अनुगमन गर्न स्रोत र साधन अभाव भएकाले समस्या परेको औषधि व्यवस्थापन कार्यालय सिरहाले जनाएको छ ।

कतिपय औषधि व्यापारीले विभिन्न अस्पतालका चिकित्सकको नाम झुण्ड्याएर आफैले स्वास्थ्य जाँच गर्ने गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको कुशहाका स्थानीय सत्यनारायण चौधरीले बताए।

नियमअनुसार औषधि पसल राख्न कम्तीमा तीन वर्षे फार्मेसी तह पास गर्नुपर्ने भए पनि यहाँका तीन दर्जन यस्ता पसलेले सामान्य अनुभव बटुलेकै भरमा व्यापार चलाइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार