पाँच रुपैयाँको सिक्का हाल्नुस्, मेसिनले दिन्छ सेनिटरी प्याड
वीरगञ्ज : पर्साको ग्रामीण भेगको एक विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याड उपलब्ध गराउने मेसिन जडान भएको छ।
जिल्लाको सदरमुकाम वीरगञ्जबाट करिब २५ किलोमिटर टाढा रहेको कालिकामाई गाउँपालिका वडा नम्बर–४ वीरन्चीबार्वामा रहेको दिव्यकन्या उच्च प्राविधिक विद्यालयमा गएको बिहीबारदेखि सेनेटरी प्याडको मेसिन तथा प्रयोग भएका प्याड नष्ट गर्ने मेसिन प्रयोगमा आएको हो।
कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ कार्यालयको एक लाखको लागतमा उक्त विद्यालयमा अध्यनरत छात्राहरूको सुविधाका लागि मेसिन जडान गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष हरिओम साहले जानकारी दिए।
मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको बेलामा विद्यालय नआउने समस्या अन्त्य हुने प्रधानाध्यापक रामजतन प्रसादले बताए। पहिले विद्यालयमा सेनेटरी प्याड वितरण गर्ने सुबिधा हुँदाहुँदै पनि लाजका कारण छात्राहरू खुलेर माग्न आउने अवस्था थिएन तर अब भने सो समस्या पनि हट्ने प्रधानाध्यापक रामजतनले बताए।
सेनेटरी प्याड निस्कने मेसिनमा पाँच रुपैयाँ हालेपछि प्याड निस्किने व्यवस्था मिलाइएको छ। मेसिनमा दुई रुपैयाँका दुईवटा र एक रुपैयाँको एउटा सिक्का हाल्नुपर्छ। सिक्का हालेर बटम थिचेपछि ३ मिनेटमै प्याड मेसिनबाट निस्किने बताइएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य