शल्यक्रिया शिविरमा महिलाको मृत्यु
मुगु : पाठेघर खसेका महिलाका लागि आयोजित शल्यक्रिया शिविरमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ।
कर्णाली प्रदेश सामाजिक मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आयोजना गरेको शल्यक्रिया शिविरमा उपचार गर्दै गर्दा सोरु गाउँपालिका ५ कि ४५ वर्षीया कन्नकला बिष्टको मृत्यु भएको हो।
जिल्ला अस्पतालमा सञ्चालन भएको शिविरमा डाक्टर भोला श्रेष्ट नेतृत्वको टोलीले शुक्रबार उनको शल्यक्रिया गरेको थियो। शल्यक्रिया गरिसकेपछि बिष्ट बर्बराउने, कराउने, बान्ता गर्ने गर्दागर्दा टाँका फुत्किएको थियो। त्यसपछि धेरै रक्तश्राव भएको थियो। उनलाई आवश्यक ‘ओ पोजेटिभ’ रगत पनि निकै ढिलोमात्र पाइएको थियो।
बान्ता गर्दा पेटमा जमेको रगत फोक्सोमा पुगेर मृत्यु भएको हुनसक्ने जिल्ला अस्पतालका डाक्टर निर्मल नगरकोटीले जानकारी बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?