‘सरकारले निःशुल्क उपचारको रकम दिएन’
बुटवल : यस क्षेत्रका अस्पतालहरूले सरकारबाट पाउनुपर्ने रकम नपाएको गुनासो गरेका छन्। यहाँका १२ वटा अस्पतालहरुले बुटवलमा पत्रकार सम्मेलन गरी बिरामीको उपचार गरेवापत सरकारबाट पाउनुपर्ने रकम उपलब्ध गराउन माग गरेका हुन्।
सरकारले भुक्तानी गर्नुपर्ने रकम रोकिएका कारण अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीको तलब तथा औषधि खरिद र बिल भुक्तानीमा समस्या उत्पन्न भएको अस्पताल सञ्चालकहरूले बताए।
सरकारले विपन्न नागरिकलाई मिर्गौलाको डायलाइसिस र विभिन्न आठ प्रकारका कडा रोगहरूमा एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउने भनिए पनि रकम पाउन बाँकी रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमको भनाइ छ।
क्रिमसन अस्पतालका सञ्चालक सुरज भट्टराईले सरकारको उक्त सेवा प्रदानको लागि सूचीकृत भएका अस्पतालहरुले बिरामीको उपचारपछि नेपाल सरकार स्वास्थ्य विभागबाट प्रत्येक महिना वा बढीमा दुई महिनामा सोधभर्ना हुनुपर्ने सोधभर्ना ६\७ महिनादेखि प्राप्त नहुँदा सेवा प्रदान गर्न समस्या उत्पन्न भएको गुनासो गरे।
सबैभन्दा धेरै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले चार करोड ४७ लाख रुपैयाँ पाउन बाँकी छ। युनिभर्सल मेडिकल कलेजले एक करोड ३६ लाख, क्रिमसन अस्पताल मणिग्रामले एक करोड ३५ लाख, नेपालगञ्ज मेडिकल कलेजले ७० लाख र सिद्धार्थनगर सिटी अस्पतालले ५८ लाख रुपैयाँ पाउन बाँकी छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य