काभ्रेमा नसर्ने रोगका बिरामी बढे
काभ्रे : जिल्लामा नसर्ने रोगका बिरामीको संख्या बढेको छ। खानपान र शारीरिक व्यायामको कमीले नसर्ने रोगका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुधबार आयोजित ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नन्दराज अवस्थीले नसर्ने रोग जिल्लामा वृद्धि भएको बताए। उनले विश्वमा ८० प्रतिशत नसर्ने रोगबाट वर्षेनी हजारौंको मृत्यु हुने गरेको जानकारी दिए ।
काभ्रेमा आर्थिक वर्ष ०७४\७५ मा मुटु रोगी १७३, क्यान्सर, ५४, मृगौला रोग ७२, पार्किसन्स दुई, अल्जाइमर्स दुई, हेडइन्जुरी चार र स्पाइनल इन्जुरी रोगका लागि ३२ जनाले सिफारिस लिएको प्रमुख अवस्थीले जानकारी दिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?