प्रशोधन केन्द्रमा आगलागी, अढाइ करोडको जडिबुटी नष्ट
उदयपुर : रौतामाई गाँउपालिका ७ मुर्कुची बजारस्थित थापा जडिबुटी प्रशोधन केन्द्रमा आगलागी हुँदा अढाइ करोड रुपैयाँको क्षति भएको छ। बिहीबार साँझ बन्द प्रशोधन केन्द्रमा आगलागी हुँदा जडीबुटी जलेको हो।
आगलागी स्थल पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुर एसपी चन्द्रदेव राईले आगलागी भएको क्षतिको विवरण मूल्याङ्कन गर्न बाँकी भएको भन्दै अनुमानित चार करोड रुपैयाँबराबरको क्षति भएको जानकारी दिए।
मुकुर्ची बजार छेउमै रहेको प्रशोधन केन्द्रमा विद्युत् थिएन। एसपी राईका अनुसार रहस्यमय तरिकाले आगलागी भएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य