नर्स बरालले तोडिन् अनसन
काठमाडौं : चौध दिनदेखि अनसनरत नर्स जिता बरालले बिहिबार साँझ अनसन तोडेकी छिन् ।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवको हातबाट जुस खाएर बरालले अनसन तोडेकी हुन्। मन्त्री यादवले बरालले उठाएका माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि उनी अनसन तोड्न राजी भएकी हुन् । राज्यमन्त्री यादवले बरालले उठाएका मागहरु जायज भएको भन्दै यसलाई पूरा गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
चौध दिन अघि नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालय लाजिम्पाटबाट अनसन थालेकी बरालले समग्र नर्सको विकासका मुद्धा अघि सारेकी छिन्। अनसनका कारण बरालको स्वास्थ्य बिग्रिएपछि उनलाई बिपी स्मृति अस्पतालमा लगिएको थियो। नर्स बराललाई समर्थन गर्दै आजैबाट केही नर्सहरुले अनसन समेत सुरु गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण