बरालको सर्मथनमा रिले अनसन सुरु गरे नर्सहरुले
काठमाडौं : नसिंङ क्षेत्रमा सुधारको माग राख्दै अनसनरत नर्स जिता बरालको माग सम्बोधनमा दबाब दिन उनका सर्मथक नर्सहरुले आजबाट रिले अनसन सुरु गरेका छन्।
बिहिबार लाजिम्पाटस्थित नेपाल नर्सिङ संघको कार्यालयमा दश जना नर्सहरुले रिले अनसन सुरु गरेका हुन्। उनीहरुले जिता बरालको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै उनका माग यथाशिघ्र सम्बोधन गर्न आग्रह गरेका छन्।
रिले अनसनकी संयोजक नर्स कविता आचार्यले संघले सहयोग नगरेको आरोप लगाउँदै बरालको जीवन रक्षाका लागि रिले अनसन बस्न परेको बताइन । उनले भनिन, ‘माग सम्बोधन नभए भोलिदेखि स्वास्थ्य मन्त्रालयको गेटमै गएर रिले अनसन बस्दैछौं । यो सरकारलाई दबाब हो ।’
नर्सहरुको हकहितका लागि भन्दै अनसन बसेकी जिता बरालसँगै मानव अंग प्रत्यारोपण केन्द्रकी नर्स डिक्की शेर्पा पनि अनसन बसेकी थिइन । उनले भने अस्पतालसँग सहमतीपछि दुई दिन अघि अनसन तोडेकी छिन्। बरालको आज अनसनको चौधौं दिन हो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’