मोतियाबिन्दुको शल्यक्रिया गरेको छ हजार तिर्न नसकेपछि कैलालीका एक बृद्ध जोडीले गुहारे स्वास्थ्य मन्त्रालय
काठमाडौं : बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक बृद्ध जोडी स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्षमा मन्त्रीलाई भेट्न कुरिरहेका थिए ।
उनीहरु छ हजार उपचार छुुटका लागि मन्त्रीको सिफारिस लिन आएका हुन्। कैलालीका ८५ वर्षीय कृण्णदत्त जोशीको आँखामा मोतियाबिन्दु भएपछि उनको गत शुक्रबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको उनकी श्रीमती सुनमतीदेबी जोशीले बताइन् ।
उनले भनिन, ‘शल्यक्रिया गर्न १६ हजार रुपैयाँ लाग्यो त्यसमा स्वास्थ्य सेवा विभागबाट कागजपत्र लगेपछि नौ हजारजति त छुट गरिदिए तर छ हजार बढी तिर्न पर्ने भयो । हामीसँग पैसा छैन। त्यसैले केही सहयोग हुन्छ की भनेर मन्त्रालय आएका हौं, उनले भनिन, ।
। जोशीले ५ महिना अघि देब्रे आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्दा केही कम पैसा लागेको बताउँदै यसपटक अलि बढी खर्च भएकाले आफूहरु केही सहयोग हुन्छ की भनेर आएको बताइन्।
‘अस्पतालमा त एक जना आफन्तसँग सापटी मागेर तिरें अब त्यो पैसा फिर्ता गर्न म सँग छैन्। त्यसैले एक जना चिनेका आफन्तले मन्त्रालय जानु भनेकाले आएको उनको भनाई थियो।’
कृष्णदत्त जोशी यसअघि डा गोबिन्द केसीको अनसनलाई समर्थन गर्दै हनुमान ढोकामा पाँच दिनसम्म अनसन समेत बसेका ब्यक्ति हुन्। उनले डा केसीले सहयोग गर्छन की भनेर अस्पताल गएको भए पनि उनी नभेटिएको बताए ।
उनीहरुले अहिले गौशालास्थित धर्मशालामा बसिरहेकाे र बृद्धाआश्रममा खाना खाइरहेको बताए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य